२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाइ कृषिमा लगानी गर्न आग्रह गरेका छन् । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभालाइ सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि हासिल गर्नका लागि उद्योगसँगसँगै कृषि क्षेत्रलाई पनि आधुनिकीकरण, व्यवसायीकरण र औद्यागिकीकरण गर्नु जरुरी रहेको जनाउँदै त्यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न, प्रविधिको प्रयोग गर्न तथा उत्पादकत्वर उत्पादन वृद्धि गर्दै थप विश्वास पैदा गरेर अगाडि बढ्न निजी क्षेत्रले साथ दिनुपर्ने उनले बताए । कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादकत्व वृद्धि गर्ने विषयमा निजी क्षेत्रको ध्यान जाने तथा विज्ञान र प्रविधिको प्रयोग गर्दै आधुनिकीकरणको दिशा पहिल्याउने काममा सचेत तथा सङ्गठित प्रयास हुनेमा आफू आशावादी रहेको उनले स्पष्ट पारे ।

सरकारले सबैलाई कानूनबमोजिम नै व्यवहार गर्ने र सबैलाई यथोचित ढङ्गले सुरक्षा एवम् संरक्षण प्रदान गर्ने विश्वास दिलाउँदै उहाँले कारोवार तथा व्यवसायमा स्वच्छ र पारदर्शिता भने जरुरी रहेको बताए । सरकारले लगानीका लागि बाह्या क्षेत्रका लगानीकर्तालाई समेत आग्रह गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

उनले भने, “हामीले नेपालका निजी क्षेत्रका लगानीकर्ताको क्षमता विकास र विस्तार गर्न सकेको भए विदेशी लगानीकर्तालाई आमन्त्रण गर्नुपर्दैनथ्यो ।”

राष्ट्रिय पूँजीपति र उद्योगलाई जोगाउनु जरुरी रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न र धेरै कमाइ हुन्छ भनेर विदेशमा लगानी नगर्न आग्रह गरे ।  “हाम्रै उद्यमी व्यवसायीले यहाँको पैसा बाहिर लगेर लगानी गर्ने काम उचित होइन । यहाँ नै लगानीका अवसर सकिएको छैन । हाम्रोमा श्रम बजार सस्तो छ । त्यसकारण यहाँको उद्योगमा बढी मुनाफा प्राप्त हुन्छ”, उनले भने ।

देशभित्रै लगानी विस्तार गर्न तथा औद्योगिक वातावरण बनाउन सरकारका तर्फबाट केकस्ता सहयोग गर्नुपर्छ भन्नेबारेमा छलफल गर्न र सहजीकरण गर्न सरकार तयार रहेको जनाउँदै प्रधानमन्त्रीले कुन क्षेत्रमा कस्तो सहुलियत जरुरी रहेको भन्ने कुरा स्पष्टसँग भन्न निजी क्षेत्रलाई आग्रह गरे ।

देशभित्र डिपार्टमेन्टल स्टोर भए पनि हाम्रा मालवस्तु नभएको तथ्य पेश गर्दै प्रधानमन्त्रीले उत्पादन कसरी बढाउन सकिन्छ भन्नेबारेमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!