२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, १४ मंसिर । सुनसरीको देवानगञ्ज गाउँपालिका बजारमा समयमै नाला नबन्दा सवारी आवागमनमा सकस भएकाे छ । देवानगञ्ज वडा नं २ बजारस्थित शिवमन्दिर नजिक नालाका लागि खनेकाे खाल्डो समयमै नबन्दा सवारी आवागमनमा सकस भएकाे हाे ।

बाटोको दुवैतर्फ भएका पसलहरु र शिव मन्दिरनेर नालाको लागि खाल्डो खनेको ६/७ महिना भइसक्दा पनि नाला नबनेकोले गर्दा सवारी आवागमनमा सकस भएकाे गाडी चालकहरुको गुनासाे छ ।

यता, पसल सञ्चालकहरुले पनि नालाकाे काम बेलैमा नसक्दा पसल अगाडि गाडीको लस्कर लागेकाे गुनासाे गर्छन् । ‘एक साताभन्दा धेरै भइसक्याे नालाको काम सकिएकाे छैन,’ स्थानीय व्यापारी जयप्रकाश मेहता भन्छन्, ‘यसले गर्दा हामी मर्कामा परेका छाैं । पसल अगाडि गाडीको लस्कर लागेका कारण बजार नै प्रदूषित छ ।’

अर्का व्यापारीद्वय पंकज मेहता र सदान्द स्वर्णकारको गुनासो पनि यस्तै छ । अझ उनीहरू सडक कालोपत्रेको बाँकी काम बेलैमा सम्पन्न नहुँदा आफूहरु धुलो खान बाध्य रहेकाे दुखेसो बिसाउँछन् । बजारमा केही दुरीसम्म कालोपत्रे गर्न बाँकी रहेको र यसबाट आफूहरु बाटोकाे धुलो खान बाध्य भएकाे उनीहरुकाे गुनासाे छ ।

‘सडककाे कतिपय भाग पीच हुन बाँकी छ । तर बजार ब्यवस्थापक र जनप्रतिनिधिहरुले सडककाे विषयमा कुनै ध्यान दिएका छैनन्,’ अर्का व्यापारी विनोद मेहताले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!