
चितवन, १३ मंसिर । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषि र उपभोक्ताबीचको समस्या समाधान गर्ने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थललमा पत्रकारहरुसंँग कुरा गर्दै कृषिमन्त्री भुषालले कृषि उपजको बजारीकरणमा विचौलियाको उपस्थितिलाई न्यूनीकरणका लागि काम शुरु भएको बताए ।
नेपालमा कृषि क्षेत्रले फड्को मार्दै गएपनि विचौलियाका कारण कृषक मारमा परेको र उपभोक्ताले चर्को मुल्यमा कृषि उपज किन्नु परेको उल्लेख गर्दै त्यस समस्याको समाधान गरिने बताए ।
मुलुकको कृषि क्षेत्रमा भएको बेथिति र अनियमिततालाई सुधार गर्न आफूले प्रयत्न गरेको मन्त्री भुषालको भनाई थियो । उनले कृषि क्षेत्रको विकास र आधुनिकिकरणका लागि सरकारले प्रयास गरिरहेको बताए ।