
विराटनगर, १४ मंसिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तथ्यांक संकलन गरेर अपांग भएका सबैलाई प्रदेश सरकारले ह्वील चियर वितरण गर्ने तयारी गरिरहेको बताएका छन् ।
विराटनगरमा आइतबार आयोजित बाल अपांग टेवा संस्थाको ह्वील चियर वितरण कार्यक्रममा उनले अपांग भएका सबैलाई प्रदेश सरकारले ह्वील चियर वितरण गर्ने तयारी गरिरहेको बताए ।
अपांग बालबालिका जन्मनै नदिनेगरी प्रदेश सरकारले करुणा फाउण्डेसनसंग मिलेर स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उनले अपांगता भएकाहरुलाई सपांगसरह व्यवहार गर्दै प्रदेश सरकारले ल्याएको बजेट साथै नीति तथा कार्यक्रमले अपांगमैत्री कार्यक्रम सम्बोधन गरेको बताए ।
अपांग भएका व्यक्तिहरुले अवसर पाए जे पनि काम गर्न सक्ने भन्दै मुख्यमन्त्री राईले कुनै हीनतावोध नगरी उच्च मनोबलका साथ अगाडी बढ्न आग्रह गर्दै त्यसका लागी प्रदेश सरकारको सक्दो सहयोग रहने बताए ।
कार्यक्रमा मोरङ, सुनसरी तथा झापा जिल्लाका १५ जना अपांगता भएका व्यक्तिलाई मुख्यमन्त्री राईले ह्वील चियर वितरण गरे ।
।