२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम, १६ मंसिर । इलाममा पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ भएको पिकअप दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते हुनुभएको छ । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!