२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ मंसिर । मोरङको मिकिलाजुङबाट एक ट्र्याक्टर काठसहित पाँच जना पक्राउ परेका छन् । सोमबार राति मिक्लाजुङ गाउँपालिका–१ सुकेस्थित छेडी सामुदायिक वनबाट प्रहरीले पाँच जनालाई एक ट्र्याक्टर काठसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिक्लाजुङ–१ सुँगुरेका ३६ ट्र्याक्टरका साहु तथा चालक ईलाख राई, सोही स्थान मान्द्रे बस्ने १६ वर्षीय तगिन राई, सोही स्थानका १८ वर्षीय दुम्से राई, १९ वर्षीय सबिन राई र १६ वर्षी बिशाल राई रहेका छन् ।

को१त ८५५९ नम्बरको ट्रयाक्टरमा विभिन्न जातको चिरान काठ अवैध रुपमा लोड गरी ल्याई रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ट्याक्टर र ट्याक्टरमा लोड भएको चिरान काठसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय मधुमल्लामा बुझाउने कार्य भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!