
सप्तरी, १७ मंसिर । सप्तरीमा माैरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनि गाउँपालिका–१ की २४ वर्षीया रमिलादेवी यादव रहेकी छन् ।
घर नजिकैको खेतमा काम गर्न गएको बेला अचानक माैरीले टोक्दा उनको मृत्यु भएको हो ।
माैरीको टोकाइबाट गम्भीर घाइते भएकी रमिलाको तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको र उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंंह अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।