२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पाँचथर, १७ मंसिर । पाँचथरको कुम्मायक गाउँपालिकाले उपभोक्ता समितिका लागि अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । मंगलबार गाउँ कार्यपालिकाको कार्यालय, यासोकमा कुम्मायक गाउपालिका वडा नं २ माङजाबुङमा उपभोक्ता समितिलाई अनुशिक्षण दिई कार्यक्रम सुरु भएको हो ।

हिजोबाट सुरु भएको सो कार्यक्रम यही २१ मंसिरसम्म हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले जानकारी दिए । हिजोको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत मेहता, वडाध्यक्ष बालकृष्ण शेर्मा, वडासचिव विनोद कार्की, प्राविधिक सहायक समर लावतीको उपस्थिति थियो ।

यस्तै प्रशासकीय अधिकृत देवेन्द्र कटुवाल, रोजगार संयोजक रुमा बोहोरा, असई दलवहादुर बस्नेतलगायत अनुशिक्षण सहजीकरण गरेका थिए ।

विभिन्न उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको उपस्थितिमा कार्यक्रममा उपभोक्ता समितिबाट हुने निर्माण कार्यलाई कसरी कार्यान्वयन गर्ने र समितिको कामकारवाहीलाई कसरी पारदर्शी बनाउनेलगायतको विषयमा अनुशिक्षण गरिएको मेहताले जानकारी दिए ।

यसैगरी तोकिएको समयमा उपभोक्ता समितिहरुले गर्नुपर्ने काम पारदर्शी ढंगले गुणस्तरीय रूपमा कार्य सम्पन्न गर्नुपर्ने कुरामा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले जोड दिए ।

उनका अनुसार वडा नं. २ का उपभोक्तालाई दिएर सकिएको छ वडा नं. १, ३, ४ र ५ मा बाँकी रहेको छ । सबै वार्डका उपभोक्तालाई अनुशिक्षण दिने गाउँपालिकाको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!