२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ मंसिर । फ्रेञ्च रेफ्री स्टेफानी फ्रापपार्ट युरोपियन च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी छन् । बुधबार च्याम्पियन्स लिगको खेलमा रेफ्रीको भूमिका निभाउँदै उनले नयाँ इतिहास रचेकी हुन् ।

बुधबार उनले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘जी’ को खेलमा इटालियन क्लब युभेन्ट्स र युक्रेनको क्लब डाइनामो किभबीचको खेल खेलाइन् । टुरिनमा भएको खेलमा युभेन्ट्सले किभमाथि ३–० को जित निकालेकाे थियो ।

स्टेफनीले शीर्ष तहको पुरुष खेलको नेतृत्व लिएको यो पहिलो पटक भने होइन । यसअघि उनले लिभरपुल र चल्सीबीच सन् २०१९ को सेप्टेम्बरमा भएको यूईएफए सुपरकपको खेल पनि खेलाएकी थिइन् ।

सन् २०१९ को कपमा इंग्लिस क्लबद्वय लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा भएको थियो । ३६ वर्षीया फ्रापपार्टले महिला विश्वकपको फाइनल पनि खेलाएको थिइन् । फ्रान्समा भएको प्रतिस्पर्धामा अमेरिका र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भएकी थिइन् ।

उनीसँग फ्रेञ्च लिग वान र युरोपा लिग खेलाएको पनि अनुभव छ । गत वर्षको अप्रिलमा उनले फ्रेन्च लिग वानको खेल पनि खेलाएकी थिइन् भने अक्टोबरमा लेस्टर सिटी र जोर्या लुहान्सकबीचको खेलमा रेफ्री बनेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!