
सुनसरी, १८ मंसिर । प्रदेश १ मा आज दुई ८७ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङमा १२२, झापामा ६१, सुनसरीमा ४८, सङ्खुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६१, सुन्दरहरैँचामा १७, उर्लाबारीमा १५, बेलबारीमा ७, पथरीशनिश्चरेमा ६, लेटाङमा ४, बूढीगङ्गामा ३, ग्रामथान र कटहरीमा २–२, धनपालथान, मिक्लाजुङ, सुनवर्षी, कानेपोखरी र केराबारीमा १–१, झापाको हल्दिबारीमा १३, बिर्तामोडमा १०, भद्रपुरमा ७, दमकमा ६, कनकाई र कमल गाउँपालिकामा ४–४, शिवसताक्षी, कचनकवल र बाह्रदशीमा ३–३, गौरादह र अर्जुनधारामा २–२, गौरीगञ्ज, बुद्धशान्ति, मेचीनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा २५, इनरुवामा ६, रामधुनीमा ५, धरानमा ४, दुहवीमा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह, हरिनगर र देवानगञ्जमा १–१, सङ्खुवासभाको मकालुमा ८, खाँदबारीमा ७, इलामको इलाम नगरपालिकामा ४, पाँचथरको फिदिम, हिलिहाङ र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा २, स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर र अरुणमा १–१, ताप्लेजुङको पाथीभरा याङवरक, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र धनकुटाको पाख्रिवासमा १–१ र प्रदेश १ बाहिरका २६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या २७ हजार ८२० पुगेको छ । प्रदेश १ मा आज १० जना डिस्चार्ज भएका छन् ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४३७ पुगेको छ ।