२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ मंसिर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम शुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य आजदेखि शुरु भएको छ ।

मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाका रुपमा निर्माण गर्ने बताए ।  विराटनगरलाई खेलकुदमय बनाउनका लागि काम सुरु भएको उनले बताए ।

मन्त्री घिमिरेले कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिती हेरेर चाडै खेलकुद गतिविधि सुरु गर्न सकिने बताए । संरचना निर्माणमा जोड दिदैं उनले रंगशालाको पुराना संरचना सुधार र मर्मत गर्दै सुविधा सम्पन्न बनाइने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सहिद रंगशालाको प्याराफिटको स्तरोन्नतीमा विशेष ध्यान दिइने बताए । महानगरमा खेलकुद गतिविधिलाई तीव्रता दिन गुरुयोजना भएपनि बजेट अभावका कारण पूर्णता दिन नसकिएको उनले बताए ।

भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाईएको लाइट जडानका लागि हाल भारतको मुम्बईबाट १, कोलकाताबाट २, सिलगढीबाट ४, आसामबाट ३ जना प्राविधिक रहेका छन् । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।

लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन अमर जेभीले बताएको छ । फ्लड लाइट जडानका लागि सामाजिक विकास मन्त्रालयले ४ करोड २९ लाख रुपैयामा सम्झौता दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!