
विराटनगर, १८ मंसिर । यातायत व्यवस्था विभागले सातै प्रदेशमा सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन खुलाएको छ । बुधबार विभागले विज्ञप्ति जारी गर्दै लाइसेन्सका लागि अनलाइन फारम खुलेको जनाएका छ ।
लाइसेन्सको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयको मागबमोजिम खुल्ला गरिने विज्ञप्तिमा जनाइएको छ ।
त्यसका लागि ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बरसमेत विभागले उपलब्ध गराएको छ ।