२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सप्तरी, २० मंसिर । अनुदानमा आलुको बीउ पाएपछि सप्तरीका किसान हर्षित भएका छन् । बीउ पाएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ गिदखोराका किसानहरु आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

उनीहरुलाई एक कार्यक्रम बीच शुक्रबार अनुदानमा आलुको बीउ प्रदान गरेपछि व्यवसायिक रुपमा त्यहाँका किसानहरु आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

एक गाउँ एक बाली अवधारणा र जलवायु उत्थानशिल खेती प्रविधिअनुसार सामूहिक आलु रोपन कार्यक्रमको आयोजना गरेपछि त्यहाँका किसानहरु सामूहिक आलु खेती गर्नेतर्फ आकर्षित भएका हुन् ।

सिटिबिआर प्रोजेक्ट, लुथेरन वर्ल्ड रिलिफ तथा कोशी पीडित समाज सप्तरीको सहयोगमा महुली सामुदायिक कृषक समूहका १५ जना किसानहरुलाई प्रतिकिसान १ क्विन्टलका दरले संस्थाले निःशुल्क रुपमा आलुको बीउ वितरण गरेपछि त्यहाँका किसानहरु आलु खेतीतर्फ अग्रसर भएको समूहका अध्यक्ष हरिनारायण यादवले बताए ।

कृषक समूहका सचिव सत्यनारायण यादवले समेत उक्त संस्थाले निःशुल्क रुपमा आलुको बीउ उपलब्ध गराएपछि आफूले पनि १ कठ्ठामा आलु खेती गर्न लागेको तथा यसबाट राम्रो आम्दानी हुनसक्ने विश्वास ब्यक्त गरे ।

यसैगरी कृषक समूहका सदस्यसमेत रहेका मुसहरु यादवले आफूले पनि झण्डै यसपालि २ कठ्ठामा आलुको व्यवसायिक खेती गर्न लागेको तथा यसबाट फाइदा भएको खण्डमा अन्य वर्ष अझै बढी खेती गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!