२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । हिडेन ट्रेजरले शनिबार यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन् ।

उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन् । मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन् ।

प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाएकी छन् ।

उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!