
विराटनगर, २१ मंसिर । गायक सुमित खड्काको आवाजमा रहेकाे नयाँ गीत सार्वजनिक भएकाे छ । राष्ट्र प्रेम बोकेको ‘आऊ प्यारा दाजुभाइ’ गीतको भिडियो सार्वजनिक भएको हो ।
स्वदेशको विकाशमा एकजुट हुनका लागि आपसमा दाजुभाइ दिदीबहिनीहरु आग्रह गीतमा गरिएको छ ।
आफ्नो देशको माटोमा आफूले विकास गर्नको लागि ज्यान त्याग गर्नुपर्ने गीतकार हरिभक्त्त बुढाथोकीले गीतमार्फत सम्पूर्ण नेपालीलाई अनुरोध गरेका छन् ।
शक्ति बल्लवको संगीतमा रहेको गीतकाे भिडियाेलाइ दीपक जोशीले छायाँकन गरेका हुन् । सदेश जोशीको सम्पादन तथा प्रदीप दाहालको निर्देशन भिडियोमा रहेको छ । ”आउ प्यारा दाजुभाईँ” गीतको भिडियोमा कृष्ण शिवाकोटी, उमेश खड्का, प्रदीप दाहाल, आनन्द अधिकारी, अनु गौत्तम र मुन पुडासैनीको अभिनय रहेको छ ।
https://youtu.be/Bbc9OH21xws