२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ मंसिर । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले कठिन जित निकालेको छ भने बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा रियलले सेभियामाथि जित निकाल्दा अर्को खेलमा बार्सिलोना कार्डिजसँग पराजित भएको हो ।

रियल सेभिल्लाविरुद्ध १–० गोलले विजयी भएको हो । सेभिल्लाको मैदानमा यासिन बौनोउले आत्मघाती गोल गरेका थिए । खेलको ५५औं मिनेटमा बौनोउले आत्मघाती गोल गरेका थिए ।

जितसँगै तेस्रो स्थानको रियलले ११ खेलबाट २० अंक जोडेको छ । सेभिल्ला भने १६ अंकका साथ छैटौं स्थानमा छ ।

यता, बार्सिलोना भने कार्डिजसँग २–१ गोलले पराजित भएको छ । गए राति कार्डिजको मैदानमा घरेलु टोलीले अल्भारो जिमिनेजको गोलको सुरुवाती अग्रता बनाएको थियो । उनले खेलको आठौं मिनेटमा गोल गरेका थिए ।

खेलको ५७औं मिनेटमा कार्डिजका पेड्रो अल्काराले गोल गरेपछि बार्सिलोना बराबरीमा फर्किएको थियो ।

तर, ६३औं मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै घरेलु टोलीलाई २–१ गोलको जित दिलाए ।

बार्सिलोना हाल १४ अंकका साथ सातौं स्थानमा छ । उसले दस खेल खेलेको छ । त्यसमध्ये ४ खेलमा जित, दुई खेलमा बराबरी र ४ खेलमा हार भोगेको छ ।

यता बार्सिलोनालाई हराएसँगै कार्डिज १२ खेलमा १८ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!