२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २२ मंसिर । प्रहरीले भारततर्फ लगिँदै गरेकाे ४७ वटा गाईबस्तु नियन्त्रणमा लिएकाे छ । सोमबार बिहान मोरङकाे धनपालथान गाउँपालिका वडा नं.-१ गडेरीया चोक स्थितमा नेपालबाट भारततर्फ भन्सार छली अबैध रूपमा लगिँदै गरेको गाई-गोरु नियन्त्रणमा लिएकाे हाे ।

बिहान १:३० बजे गाई गोरु लगिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले गाई-गोरु नियन्त्रणमा लिएकाे मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार भेटेरीनरी क्वारेन्टाइनको सिफारिस नभएका अन्दाजी मूल्य रु पाँच लाख २१ हजार बराबरको गाई २९ वटा, बाछी १ वटा, गोरु १५ वटा र बाछा २ वटा गरी जम्मा ४७ वटा गाईगोरु नियन्त्रणमा लिइएकाे हाे ।

आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भईरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!