
विराटनगर, २२ मंसिर । मोरङ प्रहरीले भारतबाट आयातित माछा बरामद गरी नष्ट गरेको छ । सोमबार भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली ल्याइएको ८० किलो माछा बरामद गरी नष्ट गरिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
आज बिहान १०ः४५ बजे सुनसरीको बर्जु गाउँपालिका–३ का २६ वर्षीय दीपक राम र १८ वर्षीय रोहितकुमार रामले २ वटा सिलिभरको भाँडोमा करिब २४ हजार बराबरको ८० केजी मुगरी जातको माछा आयात गरेर ल्याएका थिए ।
मोरङ प्रहरीको टोलीले विराटनगर महानगरपालिका–१२ बखरी बगैँचाबाट माछा बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई प्रहरी निरीक्षक, सुवेदार मेजरलगायत स्थानीय मानिससमेतको रोहवरमा नष्ट गरिएको थियो ।