२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ मंसिर । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या गरेको हो ।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको हो । बिहान सवा छ बजेतिर चार–पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर लगेको उनले बताए ।

प्रहरी उपरीक्षक सन्तोष खड्काले घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको बताउँदै उनीहरूको खोजी भइरहेको बताए । स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका श्रेष्ठको टाउकोमा गोली लागेको खड्काले बताए ।

हत्याको कारण भने खुलिसकेको छैन । अहिले घटनास्थलतर्फ प्रहरी गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!