
विराटनगर, २३ मंसिर । विराटनगरमा ३७ हजार मूल्य बराबरको बेवारिसे अवस्थामा सामान फेला परेकाे छ । सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ बखरीमा सो सामान फेला पारेकाे हाे ।
भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लत्ताकपडा तथा प्याजलगायत खाध्यान्न सामाग्रीसमेत गरी अन्दाजी ३७ हजार ६ सय बराबरको सामान वेवारिसे अवस्थामा फेला परेकाे माेरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
उनका अनुसार सो सामग्री मूल भन्सार कार्यालय रानीमा बुझाउने कार्य भइरहेको छ ।