
विराटनगर, २४ मंसिर । युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब बार्सिलोनामाथि शानदार जित निकालेकाे छ । मंगलबार राति भएकाे समूह चरणको अन्तिम खेल युभेन्टस बार्सिलोनाविरुद्ध ३-० गोलले विजयी भएकाे हाे ।
बार्साको मैदान क्याप नोउमा युभेन्टसको जितमा रोनाल्डोले गरे दुई गोल गरे भने एक गोल एमसी केइनीले गरे ।
खेलको १३औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । २०औं मिनेटमा केइनीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । खेलको ५२औं मिनेटमा रोनाल्डोले पुनः पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई सहज जिताए ।
जितसँगै युभेन्टस समूह ‘जी’को शीर्ष स्थानमा उक्लियो । युभेन्टसले ६ खेलबाट १५ अंक बनायो । समान अंक भएको बार्सिलोना गोलान्तरको आधारमा दोस्रो स्थानमा छ ।
युभेन्टस र बार्सिलोना दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । यस्तै यस खेलमा युभेन्टसले बार्सिलोनाविरुद्ध हारको बदला लिएकाे छ । अघिल्लो भेटमा बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो ।
आजको खेल बार्सिलोनाका कप्तान लियोनल मेस्सी तथा युभेन्टसका रोनाल्डोले दुईले दुई वर्षपछि पहिलोपटक एक–अर्काविरुद्ध खेलेका थिए । रोनाल्डोले अघिल्लो खेल खेलेका थिएनन् । कोरोना संक्रमण भइ उनी होम आइसोलेशनमा थिए ।