२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २६ मंसिर । सरकारले चालु आर्थिक वर्षका लागि उखुको न्युनतम समर्थन मूल्य तोक्ने प्रक्रिया अघि बढाएको छ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले यही विहिवार उखुको न्युनतम समर्थन मुल्य तोक्ने सम्बन्धी प्रस्ताव स्वीकृतीका लागि मन्त्रिपरिषदमा पठाएको जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता उर्मीला केसीका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षका लागि उखुको न्युनतम समर्थन मुल्य प्रति क्वीन्टल ५ सय ४४ रुपैया ३३ पैसा तोक्न मन्त्रिपरिषद समक्ष प्रस्ताव गरेको हो ।

यस अघि कृर्षि तथा पशुपंक्षी विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सिफारिश सहित उखुको समर्थन मुल्य प्रति क्वीन्टल ५ सय ४४ रुपैया ३३ पैसा तोक्न मन्त्रिपरिषद समक्ष प्रस्ताव पेश गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!