
सप्तरी, २७ मंसिर । सप्तरीको बिष्णुपुर गाउपालिकामा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेकाे छ । शनिबार बिहान बिष्णुपुर गाउपालिका-६ गोरगमाका बेचन मुखियाको आफ्नै घर अगाडि राखिएको स १ च १७२५ नम्बरको पिकअप भ्यानमा आगो लगाइदिएकाे हो ।
सो आगलागीबाट झन्डै २४ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । बिहान करिब १ बजेतिर घर अगाडि राखिराखेको अवस्थामा परालमा पेट्रोल छर्केर आगजनि गरेको पिडित मुखियाले बताए ।
सो पिकअपको आगजनी स्थानीयबासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ब्यक्तिगत , राजनितिक रिसिबीका कारणले पिकअप भ्यानमा आगजनी भएको तथा सो घटनाको थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।