
सुनसरी, २९ मंसिर । सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु भएकाे छ । सोमबार सुनसरीको कोशी गाँउपालिका-६ सुकुम्बासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
आज बिहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।