२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २९ मंसिर । मोरङ, उदयपुर र पाँचथरको तिन स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-४ ईकराहीमा खेत जोतिरहेको अन टेस्ट नम्बरको ट्याक्टर अचानक दुर्घटना भई पल्टँदा एक जनाको मृत्यु भएकाे हाे ।

ट्याक्टर दुर्घटनाबाट घाइते भएका चालक बर्जु गाउँपालिका-६ चिमडीका ५५ वर्षीय आशाराम चौधरीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी आइतबार दिउँसो साँढे २ बजेको समयमा उदयपुरको चौदण्डीगढी नगरपालिका-६ मा पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको प्रदेश १-०५-००१ प १८५० नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.६ प. ९१०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ ९१०१ नम्बरको मोटरसाईकल चालक तुवाचुङ नगरपालिका खोटाङ घर भइ उदयपुरको गाइघाटमा बस्ने २० वर्षीय भविन्द्र परियार घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागि बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा ल्याइएकोमा उपचारको क्रममा साँझ साँढे ५ बजे मृत्यु इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यस्तै आज बिहान साँढे ९ बजे पाँचथरको फिदिम नगरपालिका-१ बतासे खोल्सीमा मे १ त ४१८५ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक सुनसरीको झुम्का ठेगाना भएका २६ वर्षीय सन्तोष लम्जेललाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाइएकोमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!