२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २९ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकतानुसार नचलेको आरोप लगाएका छन् ।
कांग्रेस मोरङद्वारा आज विराटनगरमा आयोजित विरोधसभामा उनले यस्ताे बताएका हुन् ।

सरकार कोभिड–१९ लाई नियन्त्रण गर्न असफल भएको र कोरोनाबाट नागरिकलाई जोगाउन खासै काम नगरेको आरोप लगाउँदै उनले अहिलेको सरकारले करीब तीन वर्षका अवधिमा पनि रचनात्मक काम गर्न नसकेको आरोप लगाए ।

महामन्त्री डा कोइरालाले सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेतालाई पनि दुर्व्यवहार गरिएको भनी आपत्ति जनाए । उनले आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउन तरुणहरुलाई एक जुट भएर पार्टीको काममा लाग्न निर्देशन दिए ।

डा कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाइने सङ्कल्प गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!