
सप्तरी, २९ मंसिर । सप्तरीमा गएराती २ वटा हात्तीलाई देखी भाग्ने क्रममा बेहोस हुँदा एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको सुरुङा नगरपालिका वडा नम्वर ३ दौलतपुरमा बस्ने ७० वर्षीय सिताराम साहले पिसाब फेर्न उठेको समयमा जंगलबाट आएको २ वटा हात्तीलाई देखि भाग्न खोज्दा लडी बेहोस भएका थिए ।
बेहोस भएपछि उनको सिराहास्थित सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा राति ४ः१५ बजेको समयमा मृत्यु भएको सप्तरी प्रहरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।