२०८२ असार २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २९ मंसिर । नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सीधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ ।

नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आइसिसीले जनाएको छ । टी २० वरीयताका आधारमा नेपालसहित चार देशले सीधै ग्लोबल क्वालिफार खेल्न पाउने छन् ।

ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउने छन् ।

आइसिसीले सन् २०२० को अक्टोबरमा सुरु हुने टी–२० विश्वकपका लागि चार चरणमा छनोट प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ ।

पूर्वी एसिया र अफ्रिकाबाट एउटा तथा अमेरिका, युरोप र एसियाबाट दुई दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने छन् । ग्लोबल क्वालिफायरमा १६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

दुवै समूहका शीर्ष दुई टोली टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुने आइसिसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!