२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३० मंसिर । विराटनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएकाे छ । सोमबार राति विराटनगर महानगरपालिका–१५ झमेली चोकस्थित भित्री सडक खण्डमा भएकाे सो दुर्घटनामा विराटनगर–१५ की ६५ वर्षीया विखियादेवी साहको मृत्यु भएकाे हाे ।

उत्तरतर्फ जाँदै गरेको मे ७ प ६३३२ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी वृद्धालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते वृद्धाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति १० बजे मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ का २२ वर्षीय विक्रम साहलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!