
विराटनगर, ३० मंसिर । भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर बरामद गरिएकाे छ । मोरङ सुनवर्सी नगरपालिका-७ गुद्री चोकबाट प्रहरीले सोमबार राति ट्याक्टर बरामद गरेको हो ।
करिब १६ लाख रुपैयाँ पर्ने अनटेस्ट ट्याक्टर प्रहरी चौकी बरडंगाबाट खटिएको गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ । हिजो राति ८ बजे भारतबट नेपालतर्फ अबैध रूपमा चोरी पैठारी गरी ल्याउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।