२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३० मंसिर । प्रहरीले भारतबाट भन्सार छली ल्याएको २ हजार ४६० केजी चिनी बरामद गरेकाे छ । भारतको कुवाडीबाट अवैध रूपमा ल्याइएको करिब एक लाख ४७ हजार बराबरको चिनी बरामद गरेकाे हो ।

मोरङ प्रहरीका अनुसार मोरङ धनपालथान गाउँपालिका-४ का सुनिल राजवंशीको गोदाम अगाडिबाट सोमबार राति चिनी बरामद गरिएको हो । प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार भन्सार छलेर ल्याई राखिएको ४९ बोरा चिनी बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार चोरी पैठारीमा संलग्न चार जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका-१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका-२ का १७ वर्षीय दीपककुमार मण्डल, १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रुपेश मण्डल छन् ।

साेमबार साँझ ६:३० बजे धनपालथान गाउँपालिका-४ का सुनिल राजवंशीको गोदाम अगाडि बरण्डामा भारतको कुवाडीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याई नेपाली बोरामा पल्टी गरिरहेको अवस्थामा ४९ बोरा चिनी बरामद भएकाे प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चिनी बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाउने कार्य भइरहेको छ । साथै प्रहरीले चिनी अाेसारपसार गर्ने को १८ प ५७४३, को २२ प १६४४ र को ११ ६६५९ का तीन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!