२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३० मंसिर । १८ जनाको ज्यान लिइसकेको कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने हात्ती ‘मकुना’लाई मार्ने तयारी थालिएको छ । लगातार विध्वंश गरिरहेको सो हात्तीलाई मार्ने तयारीमा जिल्ला प्रशासन कार्यालय, सुनसरी पुगेको हो ।

सुनसरी जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आरक्षमार्फत राष्ट्रिय निकुत्तञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्र लेखिपठाइएको छ ।

‘हामीले विभागमा पत्र लेखिपठाएका छौं,’ ग्रामिण खबर डटकमसँग कुरा गर्दै उनले भने, ‘ऐनमा बाघ–भालुजस्ता हिंस्रक जनवार मात्र मार्न पाइने उल्लेख छ । तर, निरन्तर विध्वंश मच्चाइरहेको सो हात्ती पनि हिंस्रक बन्दै गइरहेको छ । जनताको माग सो हात्ती मार्नुपर्ने भन्ने छ । अब, विभागको निर्णयअनुसार हामी चल्छौं ।’ मंगलबार विभागबाट पत्र आउने उनले जानकारी दिए ।

मुकुना हात्तीले आरक्षबाट बाहिर निस्केर स्थानीयको ज्यान लिइरहेको छ । तीन वर्षको अवधिमा सो हात्तीले १८ जनाको ज्यान लिएको छ भने धेरै घरहरू भत्काएको छ । सोमबार मात्र मकुनाले कोशी गाउँपालिका–६ का ३२ वर्षीय प्रमोद यादवको ज्यान लिएको थियो ।

गँहुबारीमा पानी पटाउन जानेक्रममा बिहान साढे ५ बजे मकुनाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । अहिलेको अवस्था हेर्दा मुकुनाको मानसिक सन्तुलन ठीक नभएको स्थानीय बताउँछन् ।

तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदफा (क) मा बौलाएको हात्ती मार्नसक्ने व्यवस्था छ । प्रशासने हात्तीले अगाडि पनि धेरै विध्वंश गरेको र धमाधम मान्छे मार्न थालेकोले मार्नुबाहेक अन्य विकल्प नरहेको भन्दै विभागलाई पत्र पठाएको पोखरेलले जानकारी दिए ।

‘हात्ती उमेरले बूढो नै हो । तर, अहिलेसम्म त्यसले १८ जनाको ज्यान लिइसकेको छ । र, थुप्रै घर भत्काएको छ । यसैले प्रशासनले आरक्षमार्फत् मार्नुबाहेक अन्य विकल्प नरहेको भन्दै पत्र पठाएको छ । आज यसबारे निर्णय बन्छ,’ पोखरेलले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!