२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, १ पुस । इटहरीबाट मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ परेका छन् । इटहरी-६ बाट हराएको प्रदेश १-०५-००१ प ०२०७ नम्बरको मोटरसाइकल चोरीमा संग्लग्न रहेका दुईजनालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेकाे हाे ।

मंसिर २८ गते इटहरी-६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाइकल हराएको भनी खबर प्राप्त भएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलबार राति ८ बजे इटहरी-९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाइरहेको अवस्थामा मोटरसाइकल सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा झापाको डाँगिवारीका १९ वर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ वर्षीय विजय चौधरी रहेका छन् । उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!