२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २ पुस । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा रहेको कप्तानगञ्ज आयुर्वेद औषधालयले निःशुल्क उपचार गर्दै आएको छ । विगत एक महिनादेखि सो औषधालयले बाथरोगलगायतका रोगीलाई आयुर्वेदिक विधिबाट उपचार गर्दै आएको हो ।

हार्ड जोर्नी तथा नसा रोग, स्त्री रोग, पिसाब रोगलगायतका सम्पूर्ण उपचार साइडइफेक्टबिना निःशुल्क गरिँदै आएको औषधालयका अधिकृत जिवच्छ पञ्जियारले बताए । स्थानीय सरकारको समन्यवमा बिरामीको उपचार गर्दैआएको औषधालयले हालसम्म ५० जनालाई उपचार गसिकेको छ ।

‘छठपछि हामीले उपचार थालेका छौं । हालसम्म ५० जनालाई उपचार गरिसकेका छौं । हाल पनि २६ जना उपचार गराइरहेका छन् । अहिलेसम्मका सेवा हेर्दा आयुर्वेदिक पद्दती प्रभावकारी देखिएको छ ।

औषधालयले हालसम्म १२ जनालाई पूर्ण रुपमा निको बनाइसकेको छ । बिहीबार मात्र १६ जनाले बाफ लिएका थिए । प्राविधिकसमेत रहेका पञ्जियारका अनुसार १० लिटरको प्रेसर कुकरमा स्थानीय जटिबुटी राखेर वाफ बनाउने काम हुन्छ । र, सोही बाफ रोगीलाई लगाइन्छ ।

२०७३ सालमा स्थापित सो औषधालयले गाउँपालिकाका स्थानीयलाई मंगलबार र बिहीबार उपचार गर्दैआएको छ । बाथरोग लगायतका बिरामीले साताको दुई दिन एक महिनासम्म लगातार वाफ लिनुपर्ने उनको भनाइ छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!