२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, ३ पुस । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानलाई भेटेका छन् । शुक्रबार उनले माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई भेटेका हुन् ।

भेटमा उनले वक्यौता रकम १२ दिनभित्र दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनले बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अवको १०/१२ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गराईसक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री भट्टले उखु किसानको बक्यौता रकम उद्योगबाट दिने प्रक्रिया आरम्भ भइसकेको पनि बताए । उनले भने, ‘१०/१२ दिनभित्र सम्पूर्ण भुक्तानी गराईसक्छौँ । नभए सम्बन्धित पक्षको सम्पती रोक्का गरिदिने प्रक्रियामा अगाडी बढ्छौँ । हामिलाई विश्वास गर्नुहोस् ।’

तराईका बिभिन्न जिल्लादेखि काठमाडौँमा आई उखु किसानहरु आइतबारदेखि आन्दोलनमा छन् । किसानहरुले करिब ९० करोड रुपैयाँ बक्यौता रकम चिनी उद्योगीहरुबाट लिन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!