
काठमाडाैं, ३ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्ष मनाउन सातामा दुई दिन बिदा दिने अवधारणा सही रहेकाे बताएका छन् । पर्यटन मन्त्रालयमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्ताे बताएका हुन् ।
मन्त्री भट्टराईले अहिले चर्चामा रहेको दुइदिन सार्वजनिक बिदा दिने अवधारणा सहि रहेको दावी गरे । यस भन्दा अघि लागु भइ असफल भएको चर्चा समय परिस्थिति अनुसार अहिले सहि हुने भन्दै लागु गर्न सकिने बताए । कर्मचारी लगायत सबैमा दुई दिनको बिदाले पुनर्ताजगी बनाउने र आन्तरिक पर्यटन समेतलाई टेवा दिनसक्ने भएकोले सरकारले अगाडी सारेको दुईदिन सार्वजनिक बिदा दिने निर्णय सहि हुनसक्ने पनि मन्त्री भट्टराईले बताए ।
कोरोनाको जोखिम रहेको अवस्थामा विदेशी पर्यटक आइहाल्ने अवस्था नभएकोले स्वास्थ्यका मापदण्ड पुरा गरेर पर्यटन बजारलाई बढाउन ब्यबसायीहरुलाई आग्रह गरे ।