
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन सरकारले निःशुल्क उपलब्ध गराउने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले सबै नागरिकलाई भ्याक्सिन निःशुल्क उपलब्ध गराउन चाहिने बजेट व्यवस्थापन गर्न सक्ने अवस्थामा सरकार पुगेको बताए ।
अर्थमन्त्री पौडेलले कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले खोप किन्नका लागि प्रक्रिया अघि बढाएको र सस्तो, गुणस्तरीय भरपर्दो भ्याक्सिन छिटोभन्दा छिटो आयात गर्ने गरी काम अघि बढाउने पनि प्रतिबद्धता जनाए । अर्थमन्त्री पौडेलले समयमै भ्याक्सिन उपलब्ध गराउन स्रोतको अभाव नहुने र सरकारले ल्याउने खोप प्राथमिकता अनुसार सबैलाई उपलब्ध गराइने बताए ।