२०८२ बैशाख १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुरधाम । श्रीसीताराम विवाहपञ्चमी महामहोत्सव अन्तर्गत आज जनकपुरधाममा ठूलो धार्मिक तथा सांस्कृति मेला लागेको छ । सप्ताहव्यापी विवाह महामहोत्सव अन्तर्गत आज मुख्य विधिको रुपमा विवाह उत्सव रहेको छ ।

आज दिउँसो तीर जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ । जानकी मन्दिरवाट माता सीता तथा राम मन्दिरवाट भगवान् रामको डोला बाजागाजासहित बाह्र विघा रङ्गभूमि मैदानमा पुगेर स्वयम्बर गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

स्वयम्बर हेनका लागि ठूलो संख्यामा तीर्थयात्री तथा भक्तजनहरु रङ्गभूमि मैदान वरपर सहभागि रहेका थिए । स्वयम्बर कार्यक्रममा जनकपुरधामका अन्य मठ मन्दिरका डोला तथा रथहरु सहभागि हुने गरेका छन् ।

राममन्दिर तथा जानकी मन्दिरवाट निष्केको बराति तथा सरातिले नगरको परिक्रमा गर्ने चलन अनुसार पुरै नगरको पत्रिरक्रमा गरेका छन् । भगवान राम तथा माता सीताको जयजयकार गर्दै नगरको परिक्रमा गर्दा सर्वसाधारणले ठाउ ठाउँमा पुष्प बृष्टि गरेका थिए ।

डोलासहितको जन्ती जानकी मन्दिर परिसरमा आएपछि राति मिथिलका परम्परा अनुसार माता जानकी तथा भगवान रामको प्रतिकात्मक वैवाहिक कार्यक्रम हुनेछ । वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमा विवाहमण्डपको निर्माण गरिएको छ ।

तत्कालिन मिथिलाका राजा जनकले गरेको प्रतिज्ञा अनुसार अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान श्रीरामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएपछि मंसीर शुक्लपक्ष पञ्चमी तिथिका दिन माता सीता र भगवान् रामका बीचमा भएको वैवाहिक कार्यको स्मरण्मा प्रत्येक वर्ष आजका दिनमा विवाह उत्सव पर्व मनाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!