२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका छन् । भर्खरै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

ओलीले संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको उनले बताइन् ।

यता, संसद विघटनको सिफारिस भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो निर्णय गैरजिम्मेवारपूर्ण भएकाे टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा नेता कोइरालाले लेखेका छन्, ‘संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपूर्ण पनि छ । राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्विकृत गर्नुहुन्न ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!