
तेह्रथुम, ५ पुस । तेह्रथुमको म्याङलुङ नगरपालिका-८ कोबेकमा अंशबण्डाको विषयमा बादविवाद, झै-झगडा हुँदा भई कुटपिटसमेत हुँदा १ जनाको मृत्यु भएको छ भने हत्याको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय कुमार लिम्बु रहेका छन् । शुक्रबार राति साँढे ७ बजेको समयमा कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बु बिच अंशबण्डाको बिषयमा झै-झगडा भईरहेको अवस्थामा कुमार लिम्बुले छुट्याउने क्रममा दुवै जनालाई बाँसको भाटाले हिर्काउँदा निजको बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि घई घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको तथा कुमार लिम्बुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको छ ।