२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ पुस । मोरङको विराटनगरमा जाडो छल्न बालेकाे घुरबाट आगलागी हुँदा एक जनाको मृत्यु भएकाे छ भने  २ जना घाइते भएका छन् । विराटनगर महानगरपालिका-१४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका हुन् ।

आज बिहान राति साँढे १२ बजेको समयमा तत्माको बाँसको टाटीको गाह्रो र टिनको छाना भएको एकतले कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माको १४ वर्षीय छोरा रविन दास तत्माको जलेर मृत्यु भएको हो ।

उक्त आगलागीमा परी निजको श्रीमती ३२ वर्षीया ईन्दुदेवी तत्मा र निजकै छोरा ७ वर्षीय किशनकुमार तत्मा घाईते भएका छन् ।

घाईतेको दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सो आगलागीमा परी निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जल्दा निजको अन्दाजी ४ लाख बराबरको क्षति भएको र उक्त आगलागी विराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राति साँढे १ बजे नियन्त्रणमा आएको ऊक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!