२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारवाही गर्ने भएको छ ।
नेकपाको आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधी सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको र लगत्तै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि बसेको स्थायी कमिटी बैठकले ओलीलाई कारवाही गर्ने निर्णय गरेको हो ।

ओलीले दुई पार्टीको ऐतिहासिक एकता, पार्टी माथि जनताले गरेको विश्वास र भरोसामाथि प्रहार गरी देश, पार्टी र जनताको भविष्यलाई अन्धकारतिर धकेलेको ठहर गर्दै अनुशासनको कारबाही गर्न आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!