२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

माङ्सेबुङ, ६ पुस । इलामको माङसेबुङ-१ मा फूङखोला पाटीगाउँ सिँचाइ योजनाको शिल्यानास भएको छ । आइतबार एक कार्यक्रमका बिी माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले सो सिँचाइ योजनाको शिल्यानास गरे ।

स्वीस सरकार विकास सहयोगमा साना सिंचाइ कार्यक्रम अन्तर्गत ४० प्रतिशत, संघीय सरकारको ३० प्रतिशत, स्थानीय सरकार गाउँपालिकाको २० प्रतिशत र स्थानीय उपभोक्ता जनसहभागिताको १० प्रतिशत सहभागिताबाट बन्ने उक्त सिँचाई निर्माणमा ३२ लाख १४ हजार दुईसय पैतालिस रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष इधिङ्गोले जनाएका छन् ।

No description available.

सो फूङखोला पाटीगाउँ सिँचाई योजनाले वडा नं. १ का एकसय घरधुरी लाभान्वित हुनेछन् । साे क्षेत्रको करिब ३ सय रोपनी खेतीयोग्य जमिनमा सिँचाइ गर्न सकिने माङ्सेबुङ् गाउँपालिकाकाे कृषि शाखाले जनाएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!