२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, ६ पुस । सुनसरीकाे इटहरी–२, तालतलैया क्षेत्रमा पूर्वकै पहिलो वाटर पार्क निर्माण गरिएको छ । चार जनाको समूहले ६ बिघा क्षेत्रफलमा ४० करोड रुपैयाँको लगानीमा यीपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरेकाे हाे ।

नेपाल प्रहरी पूर्वएआईजी कृष्ण बस्नेत तथा पूर्वडीआईजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौँको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा बनेकाे साे पार्कको औपचारिक शुभारम्भ आगामी फागुन महिनामा गरिने भएको छ ।

गत चैतमा नै निर्माण सकेर वैशाखदेखि सञ्चालनमा ल्याउने तयारीमा रहेपनि कोराेना महामारीका कारण सरकारले लकडाउन गरेपछि सञ्चालन हुन सकेकेा थिए । तर, अब  पार्कमा आवश्यक थप संरचना तयार गरेर आगामी फागुनदेखि सञ्चालनमा ल्याउने बताइएकाे छ ।

पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठवटा राखिएका छन् । एक स्लाइडमा एकपटकमा बढीमा आठ जनाले खेल्नसक्ने र दैनिक पाँच हजारले यसको रमाइलो लिनसक्ने छन् ।

पार्कभित्रै चारवटा रेस्टुराँसहित एकैपटक छ सय मानिस अटाउने एक वेभ पुलसमेतको सुविधा राखिएको छ । समुद्रको छालमा बसेकोजस्तो आनन्द लिने अवसर विदेशीसँगै स्वदेशीले लिनसक्ने पौडेलको भनाइ छ ।

पार्कभित्र चारवटा छुट्टाछुट्टै रेस्टुरेन्ट सञ्चालनमा आउने छन् । एउटा बार्बे क्यु र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिने छ । त्यस्तै फास्टफुडका लागि अर्को रेस्टुरेन्टसमेत बनाइएको छ । पार्कमा जिपलाइन खेलको सुविधासमेत राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!