
काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बावजुद पनि पार्टी एकताबद्ध रहेको स्पष्ट पारेका छन् ।
सोमबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको त्याग, बलिदान र संघर्षको परिणामस्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको आवश्यकता रहेको र यसको रक्षाका लागि सवैलाई एकताबद्ध हुन आग्रह गरे ।
अध्यक्ष प्रचण्डले राष्ट्रको समृद्धि र नेपाल कम्युनिष्ट आन्दोलनको भविष्यका लागि सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि पार्टीका नेता कार्यकर्तालाई अनुरोधसमेत गरे ।