२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ७ पुस । एक नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आफ्ना मातहतका निर्देशनालय तथा कार्यालयहरूको ५० प्रतिशत रकम रोक्का गरेको छ । मन्त्रालयले दुई साताअघि मन्त्रालयअन्तर्गतका निकायहरूलाई पत्राचार गर्दै ५० प्रतिशत रकम रोक्का गरेको हाे ।

मन्त्रालयले विनियोजित बजेटको ५० प्रतिशतभित्र रहेर काम गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले प्रशासनलाई मन्त्रालयका लागि विनियोजित जम्मा बजेटको आधा रकममा रही रोक्का रहेको शीर्षकहरू नचलाई बाँकी बजेट कार्यान्वयनमा लैजाँदासमेत मन्त्रालय र मातहतका निकायहरूको अनिवार्य दायित्वको रकमसमेत अपुग हुने अवस्था रहीपछि कर्मचारीको तलब भत्तालगायतको अनिवार्य दायित्व रकम अपुग हुने अवस्था रहेकोले अनिवार्य दायित्वबाहेक कुनै पनि शीर्षकको कुनै रकम खर्च नगर्न नगराउन निर्देशन दिएको छ ।

मन्त्रालयका सचिव मेघनाथ काफ्लेका अनुसार चालु खर्च नै धान्न गारो भएकोले आवश्यकबाहेकको खर्च नगर्न पत्राचार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!