
काठमाडौं, ८ पुस । संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव प्रतिनिधि सभामा आइतबार दिउँसो साढे ३ बजे मात्रै दर्ता भएको बताएको छ ।
संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा सभामुखको तोक आदेश बमोजिम पुस ५ गते दिउँसो साढे ३ बजे प्रस्ताव दर्ता भएको उल्लेख छ ।