२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ८ पुस । कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फ्य जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कर्फ्य आदेश जारी गरिएको छ ।

कर्फ्य रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कर्फ्य आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् । यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कर्फ्य आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कर्फ्य लगाएको हो ।

महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्य आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कर्फ्य लगाइएको अधिकारीहरूले जनाएका छन् । नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कर्फ्य आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गरे ।चाडपर्वसम्बन्धी गतिविधि विषेश गरेर रातिको समयमा धेरै हुने भएकाले रात्रिकालीन कर्फ्य लगाइएको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!