
काठमाडाैं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएकाे छ । बिहीबार बिहान यान्छीले प्रचण्डलाई भेटेकी हुन् ।
प्रचण्डलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन् । स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो ।
राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्ष प्रचण्ड र यान्छीबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो ।