
प्रहरीले कटुवा पेस्तोलसहित सिराहामा तीनजनालाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका– ५ बारबिघानजिकै मोटरसाइकल चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
को।३५प ४०१३ नम्बरको मोटरसाइकलबाट पेस्तोल बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज डिएसपी सन्तुलाल जैसवालले बताए । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ६ का २० वर्षीय अजय शर्मा, मिर्चैया– ५ का १९ वर्षीय ज्ञानु मण्डल र सोही ठाउँका ३९ वर्षीय रमेश साह रहेको डिएसपी जैसवालले बताए ।